default_image

8 months ago

January 2, 2024

बैतडीको दोस्रो जित,अछाम ९८ रनले पराजित

155 views

0 Bookmark

विनोद सिंह विष्ट, बैतडी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात इलाइट च्याम्पियनसिपमा बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ।

पहिलो खेलमा बझाङलाई १ सय ८१रनले पराजित गरेको बैतडीले दोस्रो जित दर्ता गर्ने क्रममा मंगलबार अछाममाथि ९८ रनको विशाल जित दर्ता गर्यो। निर्धारित ५० ओभरको खेल रहेकोमा बिहान हुस्सुका कारण ४० ओभरमा झारिएको थियो।

जितका लागि पाएको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा अछाम २८.५ ओभरमा १ सय १५ रनमा अलआउट भयो । उसका महाजन कुवरले सर्वाधिक २४ रन हिर्काए। बैतडीका लागि गजेन्द्र बोहराले ३,भुपेन्द्र चन्द, रिसिकेश बोहरा,वसन्त खत्रीले २(२ विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३८.५ ओभरमा २ सय १३ रनमा समेटियो । जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै ५२ रनको योगदान गरे।

यस्तै खडक बोहराले ३४,वसन्त खत्रीले २७, नरेश चन्दले २२, सुदीप टमाटाले २२, रिसिकेश बोहराले १६ रन बनाए। अछामका रोहित खड्का र अभिषेक चौधरीले ३र३ विकेट झारे। प्रतियोगिता अन्तरगत भोलि अछाम र कञ्चनपुर भिड्नेछन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ।


गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.