default_image

8 months ago

January 2, 2024

क्यानले म्यानेजरमा दासलाई निरन्तरता दिने!

1187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले म्यानेजर पदमा विनोद दासलाई निरन्तरता दिने भएको छ । दोस्रो वर्ष कार्यकाल उनको डिसेम्बरसँगै सकिएकोछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगमी बोर्ड बैठकबाट उनको कार्यकाल थपिने बताएका छन् ।

‘उनको कार्यकाल थप्ने हो । निर्णय भएको छैन । तर उनको कार्यकाल थप्नीमा सहमति छ । एक एक वर्षमा थप्ने गरिएको छ । बोर्ड बैठक आगामी फेब्रुअरीमा बस्नेछ । त्यो समय निर्णय हुन सक्छ । त्यहिँ समय आइसिसीको टोली पनि नेपाल आउने सम्भावना छ’, चन्दले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘अर्को निर्णय नहुनसम्म सबै काममा हुन्छन् । अर्को बोर्ड बैठकबाट कि हटाउने कि थप्ने हुन्छ । उनको निरन्तरता हुन्छ ।’

दास सन् २०२० डिसेम्बरमा क्यानको म्यानेजरमा नियुक्त भएका थिए । तर अपेक्षा अनुसार काम गर्न नसक्दा आलोचना भने खेप्दै आएका छन् । विशेषगरि घरेलु क्रिकेट चलायमान बनाउन नसक्दा आलोचानमा पर्दै आएका छन् । नेपालका पूर्वकप्तान तथा बलर दासले २०१६ देखी २०१९ सम्म नेपाली यू१९ टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।

सन् १९९७ देखि यू१९ टोलीबाट नेपाली क्रिकेट टोलीको यात्रा गरेका दासले सन् २००० मा राष्ट्रिय टोलीमा संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध डेब्यू गरेका थिए । २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सन् २०१२ सम्म राष्ट्रिय टोलीमा खेलेका थिए ।

उनको प्रशिक्षकमा नेपालले २०१७ मा यू१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो । २०१९ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए ।

दासले क्यानको जनरल म्यानेजरमा पनि आवेदन दिएका छन् । तर क्यानको नयाँ नेतृत्वले ७ जनाको सर्ट लिष्ट भई सकेको अवस्थाबाट पुन जनरल म्यानेजरको आवेदन माग गरेसँगै उनलाई त्यो पदमा नराख्ने पक्का जस्तै देखिन्छ ।

क्यानका पछिल्ला दुबै जनलर म्यानेजर रौनक मल्ल र वृतान्त खनाल काम गर्न नसकेका कारण बाहिरिएका थिए । क्यान ६ महिनादेखि जनरल म्यानेजर विहीन छ । खनालले राजीनामा दिएपछि नयाँ नियुक्ती भएको छैन । दुई पटक खुल्ला आवेदन माग भइसकेको छ ।

विनोद दासको पूरा क्रिकेट करिअर पढ्नुहोस् : विनोद दास – ‘क्रिकेटले जे दियो, त्यो फर्काउन लागेको छु’

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.