1 year ago
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ । कोशीले उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
जितको लागि ८९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको १३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा काजोल श्रेष्ठ ३५ बलमा ७ चौकासहित ३८ रनमा अविजित रहिन् ।
रुविना क्षेत्री बेलबासे २३ बलमा ७ चौका र १ छक्कासहित ३७ रनमा आउट भइन् । अप्सरी बेगम २१ बलमा २ चौकासहित १२ रनमा अविजित रहिन् । सुदूरको लागि लक्ष्मी साउदले एक मात्रै विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । सुदूरको लागि सम्झना खड्काले २५ बलमा ४ चौकासहित २४ रन बनाएकी थिइन् । त्यो जितको लागि पर्याप्त हुन सकेन ।
ओपनर विन्दु रावल र रुवि पोदारले पहिलो विकेटका लागि ६.३ ओभरमा २६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । विन्दु रावल १८ बलमा ३ चौकासहित १७ रनमा रन आउट भएकी थिइन् ।
संगिताले रुवी पोदारलाई ७ रनमा एलबीडब्लू आउट गरिन् । सबनम राईले १४ औं ओभरको दोस्रो बलमा सम्झना खड्कालाई आउट गरेपछि सुदूर समस्यामा परेको थियो । सम्झना एज लागेर आउट भएकी थिइन् । संगिताले उत्कृष्ट टर्न गर्दै रेवती धामीलाई ७ रनमा एलबीडब्लू आउट गरिन् ।
अनु कडायत र लक्ष्मी साउदले ७-७ रन बननाए । सावित्री धामीले २ र ऋतु कनौजिया शून्यमा आउट भइन् । कोशीको लागि संगिता राईले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, एलिसा खडिया र निशा शाहले १-१ विकेट लिइन् ।
कोशीले बुधबार एपिएफसँग फाइनल खेल्नेछ । एपिएफले पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो ।
सुदूरले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई हराउँदै दोस्रो क्वालिफायर खेलेको थियो । यसअघि २०२० मा कोशीले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । अन्य फाइनलमा कोशीले एपिएफलाई हराएको छैन ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पुजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा नेपालले १० विकेटको फराकिलो हार बेहारेको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]