10 months ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीपले प्रो क्लब टि२० च्याम्पियनसिपको फाइनल खेलेका थिएनन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले बलात्का मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि पर्साका कप्तान समेत रहेका सन्दीपले पुलिससँगको फाइनल नखेलेका हुन् ।
शनिबार नारायणी रंगशाला बिरगंजमा सम्पन्न फाइनलमा पुलिसले पर्सा क्लब ११ लाई १ सय रनले हराउँदै उपाधि जित्यो । सन्दीप नहुँदा पर्साको कप्तानी सुरज पटेलले गरेका थिए । ६ टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा भएको थियो । सन्दीपको कप्तानीमा पर्साले सेमिफाइनलमा आर्मीलाई हराउँदै फाइनल खेलेको थियो ।
सन्दीपको सजायको टुङ्गो भने पुष २५ गते लाग्नेछ । जाहेरवालीलाई बालिग भनेर जिल्ला अदालतले व्याख्या गरेसँगै बलात्कारमा दोषी सन्दीपलाई राहत पनि मिलेको थियो । अदालतले यो मुद्दामा सन्दीपले युवतीको सहमतिबिना यौनसम्बन्ध राखेको पनि ठहर गरेको छ।
यस्तो अवस्थामा १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था छ। १० वर्षभन्दा कम सजाय निर्धारण हुने अवस्थामा सन्दीपले अब तत्काल जेल जानु नपर्ने भएको हो। उनले अब जेलबाहिरै रहेर पुन उच्च अदालतमा मुद्दा लड्न पाउँछन् ।
गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
गत फागुन देखी सन्दीपले नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका थिए । उनीको जिल्ला अदालत काठमाडौंमा लगातार बहस र पेशी चल्दै आएको थियो । पेशी लगातार सर्दै आएको थियो ।
सन्दीपले ९९ दिन काठमाडौंको सुन्धारामा रहेको जेलमा जीवन विताउनु परेको थियो । पाटनले धरौटीमा छाड्न आदेश दिएपछि उनी नेपाली टोलीमा फर्किएका थिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]