10 months ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ ।
जितको लागि ७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा रुविनाले ३४ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिइन् । काजोल श्रेष्ठ १३ रनमा आउट भइन् । लुम्बिनीको कृतिका मरासिनीले दुई र मधु डिसीले एक विकेट लिइन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनाएको थियो । लुम्बिनीकी आश्मा पुलामी मगरले १६, कप्तान सरस्वती जिएम १७ र मनिषा रानाले १२ रन बनाइन् ।
कोशीको लागि रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिइन् । सबनम राई, अप्सरी बेगम र एलिसा खडियाले १–१ विकेट लिइन् ।
एपिएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । कोशी प्रदेश ७ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा रहेर अन्त्य गर्यो । पहिलो क्वालिफायरमा एपिएफ र कोशीबीच प्रतिस्पर्धा आइतबार हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ ।
सुदूरपश्चिम ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रह्यो । बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ । आइतबार सुदूरपश्चिम र बागमतीबीच एलिमिनेटर प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्न पाउनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]