default_image

8 months ago

December 28, 2023

स्टेपिङ स्टोन जुनियर कपको ट्रफी सार्वजनिक

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसिए) को आयोजनामा हुने स्टेपिङ स्टोन इंग्लिस स्कुल जुनियर कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पुस १४ गतेबाट धनगढीको प्रादेशिक प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगिताको बिहीबार एक पत्रकार सम्मेलन मार्फत ट्रफी समेत सार्वजनिक गरिएकोछ ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन इंग्लिस स्कुलका संस्थापक तथा प्राचार्य रामजी हमाल, नेपाल क्रिकेट संघ(क्यान) का सदस्य तथा डिसिएका संस्थापक धिरेन्द्र सावदले सामुहिक रुपमा ट्रफी आवरण गरेका थिए ।

आयोजक डीसिएका व्यवस्थापक समुयल न्यौपानेका अनुसार प्रतियोगितामा ८ कक्षासम्मका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा धनगढीका १५ वटा स्कुलहरुको सहभागिता हुनेछ ।

प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ । त्यसबाहेक दीपेन्द्र श्वार मेमोरियल स्ट्रस्ट, मायाँ मेट्रो अस्पताल, गुरुजी सुटिङ सर्टिङ, एसपीए कलेज, ब्रेड बक्स क्याफेलगायतले सहयोग गरेका छन् ।

मुख्य प्रायोजक स्टेपिङ स्टोन स्कुलका संस्थापक तथा प्राचार्य राम जी हमालले सुदूरपश्चिम क्रिकेटको उर्बर भूमी रहेकाले यहाँका बालबालिकाहरुमा ग्रास रुट लेभलको क्रिकेट विकासका लागि आफूहरुले सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । उहाँले आगामी दिनमा पनि प्रतियोगिताको निरन्तरतामा सहकार्य रहने प्रतिबद्धता जनाए ।

यस्तै क्यानका केन्द्रीय सदस्य धिरेन्द्र सावदले यस खाले कार्यक्रमले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुग्ने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डीसिएका व्यवस्थापक न्यौपानेले मैदान व्यवस्थापन लगायत अन्य सम्पूर्ण तयारीहरु पूरा भएको जानकारी दिए । उनले प्रतियोगिताले सुदूरपश्चिममा ग्रासरुट लेभलको क्रिकेट विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको विजेताले ३० हजार नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित ४ महिनाको छात्रवृत्ति, उत्कृष्ट बलर ब्याटरले एक हजार सहित डिसिएमा निःशुल्क भर्ना सहित २ महिनाको छात्रवृत्ति त्यस्तै उदयमान खेलाडीले डिसिएमा निःशुल्क भर्ना सहित ट्रफि मेडल र प्रमाण पत्र पाउने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको इभेन्ट निर्देशकमा ज्ञानेन्द्र क्षेत्री, म्यानेजरमा शुभम पनेरु तथा कार्यक्रम संयोजक सन्दीप भट्ट छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.