default_image

8 months ago

December 28, 2023

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

3800 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले पहिलो टेस्ट खेलमा भारतमाथि ३२ रनको इनिङ अन्तरको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ ।

भारत तेस्रो दिन दोस्रो इनिङमा १ सय ३१ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ८२ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनमा आउट भए । शुभमन गिल २६ रनमा आउट भए ।

भारतका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर यशस्वी जैसवाल ५, रोहित शर्मा शून्य, श्रेयस ऐर ६ र लोकेश राहुल ४ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले १० ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले दुई र मार्को यानसनले तीन विकेट लिए ।

त्यसअघि दक्षिण अफ्रिका पहिलो इनिङमा ४ सय ८ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाको जितमा ओपनर डिएन एल्गरले २ सय ८७ बलमा २८ चौकासहित १ सय ८५ रनको सानदार शतकीय इनिङ खेले । उनी शार्दुल ठाकुरको बलमा लोकेश राहुलबाट क्याच आउट भएपछि दोहोरो शतक पूरा गर्न चुकेका थिए ।

मार्को यानसन १ सय ८७ बलमा ११ चौका र १ छक्कासहित ८४ रनमा नट आउट रहे । डेब्यू खेल खेलेका डेविड बेडिंघम ८७ बलमा ७ चौका र २ छक्कासहित ५६ रनमा आउट भएका थिए ।

भारतका जस्प्रित बुमराहले सर्वाधिक ४ विकेट लिएका थिए । मोहम्मद शिराजले दुई, ठाकुर, प्रसिद्ध कृष्णा र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २ सय ४५ रनमा अल आउट भएको थियो । भारतका लोकेश राहुलले १ सय ३७ बलमा १४ चौका र ४ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । उनी तीव्र गतिका बलर नान्द्रे बर्गरको बलमा बोल्ड आउट भएका थिए । राहुल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

विराट कोहलीले ६४ बलमा ५ चौकासहित ३८ रन बनाएका थिए । ओपनर यशस्वी जैसवाल १७, रोहित शर्मा ५, शुभमन गिल २, श्रेयस ऐर ३१, रविन्द्रन आश्विन ८, शार्दुल ठाकुर २४, जस्प्रित बुमराह १ र मोहम्मद शिराज ५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक पाँच विकेट लिए । डेब्यू खेल खेलेका नान्द्रे बर्गरले ३, मार्को यानसन र जेराल्ड काट्जीले १-१ विकेट लिए । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.