default_image

8 months ago

December 28, 2023

कर्णालीलाई हराउँदै बागमती प्लेअफमा

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै प्लेअफ पक्का गरेको छ । अन्तिम चारमा रहेर प्लेअफ खेल्ने पक्का भएको हो ।

जितको लागि ४३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ४.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । बागमतीको जितमा यशु पाण्डेले २० बलमा ४ चौकासहित सर्वाधिक २५ रनमा अविजित रहिन् । त्यस्तै हेलिसा गुरुङ ९ बलमा १ चौकासहित १३ रनमा अविजित रहिन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली १३.४ ओभरमा ४२ रनमा अल आउट भयो । कर्णालीकी शुर्ती बुढाले ७ बलमा ४ चौकासहित सर्वाधिक १६ रन बनाइन् । बिना थापा १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमती प्रदेशकी खुशी डंगोलले ३.४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । संस्कृति फुँयालले दुई, सोनी पाख्रिन र विपिशा शाहीले समान एक विकेट लिइन् ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ शीर्ष चारमा छ । यी चार टोली प्लेअफमा पुगेका छन् । बाँकी कुनैपनि टोली ८ अंकमा पुग्न सक्दैनन् । त्यसैले प्लेअफमा पुग्ने चार टोलीको पनि टुङ्गो लागेको छ ।

शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल मा पुग्न दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । तेस्रो र चौथो स्थानमा रहनले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.