default_image

1 year ago

December 27, 2023

लुम्बिनीलाई हराएसँगै बागमतीको प्लेअफ सम्भावना बलियो

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय १० रनको बलियो विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय रन बनायो ।

लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले ३६ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । कमला घर्तीमगर २१ बलमा २ चौकासहित २० रनमा नट आउट रहिन् । ओपनर लक्ष्मी चौधरी ११ र सरस्वती पुन १७ रनमा आउट भइन् ।

बागमतीको लागि अश्मिना कर्माचार्य र खुशी डंगोलले समान दुई विकेट लिइन् । संस्कृति फुँयाल, सोनी पाख्रिन, मनिषा उपाध्यायले १-१ विकेट लिइन्।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । बागमतीकी हेलिसा गुरुङले ४५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ ारनको योगदान दिइन् । यशु पाण्डेले ८ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।

अन्य कुनैपनि बागमतीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय १२.५ ओभरमा ६०–६ को अवस्थामा पुगेको बागमतीलाई हेलिसा र खुशी डंगोलले ३५ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीकी शर्मिला रोकाले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । मनिषा राना, कृतिका मरासिनी, मधु डिसी र कमला जिएमले समान १–१ विकेट लिइन् ।

८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । नेपाल एपिएफ क्लब ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदै प्लेअफमा पुगि सकेको छ । कोशी र सुदूरपश्चिम प्रदेशले ५ खेलमा ८–८ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।
बागमती प्रदेश ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।

लुम्बिनी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । गण्डकी र मधेशको समान २ अंक भएपनि नेटरनरेटको कारण छैटौं र सातौं स्थानमा छन् । कर्णाली पाँच खेलमा हारका साथ पुछारमा रहँदै बाहिरिएको छ ।

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]

January 8, 2025

दुई अर्धशतकमा आर्मीको मजबुत योगफल

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध मजबुत योगफल तयार गरेको छ । जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इमरान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध बलियो योगफल तयार गरेको हो । टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित […]

January 8, 2025

कुशलको अर्धशतकमा पुलिस अग्रता बढाउँदै

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको अर्धशतकमा जय ट्रफी मेन्स एलिट कप दुई दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा अग्रता बढाएको छ । बुधवार सुरु भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो दिनको समाप्तीसम्म पुलिसले मधेश सामू ४५ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा उसको २० ओभर बाँकी नै रहँदा ७ विकेट पनि […]

Success

Thank you for your time.