1 year ago
December 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी स्पिनर करुणा भण्डारी, युवा अलराउन्डर राजमति ऐरी र ममता चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ९२ रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । एपिएफ लगातार पाँच जितका साथ प्लेअफमा पुग्ने पाहिलो टोली बनेको छ ।
जितको लागि १ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन बनायो । कर्णालीकी तृर्सना विश्वकर्माले १९ बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । रश्मी खड्काले १० र गौरी बोहराले १२ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एपिएफकी स्पिनर करणा भण्डारीले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन् । सुमन विष्टले दुई, बिनु बढामगर र सीता रानामगरले समान एक विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो ।
एपिएफको जितमा राजमति ऐरीले ५५ बलमा ९ चौका र २ छक्कासहित ६७ रनको आक्रामक इनिङ खेलेकी थिइन् । अर्की ओपनर ममता चौधरी ५५ बलमा ८ चौकासहित ६२ रनमा रन आउट रहिन् ।
ओपनर राजमति र ममताले पहिलो विकेटका लागि १६ ओभरमा १ सय १७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ममता रन आउट भएकी थिइन् । राजमति दुई बल बाँकी रहँदा स्पिनर तृर्सना विश्वकर्माको बलमा बोल्ड भएकी थिइन् । रोमा थापा ९ बलमा २ चौकासहित १४ र मन्जु बोकटी १ रनमा अविजित रहिन् ।
कर्णालीको लागि तृर्सना विश्वकर्माले एक विकेट लिइन् । एपिएफ ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । कोशी ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]