10 months ago
December 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राइको अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ५५ रनले हराएको छ । चौथो जितका साथ कोशीले प्लेअफ सम्भावना लगभग पक्कापक्की बनाएको छ ।
जितको लागि १ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा अल आउट भयो । गण्डकीकी सुमन खतिवडा २० बलमा ३ चौकासहित २१ रनमा अविजित रहिन् ।
अन्य कुनैपनि गण्डकीका खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर अञ्जली विश्वकर्मा ८, ज्योत्स्नका मरासिनी ६, सृष्टी पौडेल १, सीमा केसी ५ र धन कुमारी २ रनमा आउट भइन् ।
कुसुम, सृर्जना पौडेल, श्रेया शर्मा, आकृति तिवारी र रचना चौधरीले खाता खोल्न सकेनन् । कोशीकी रुविना क्षेत्रीले १ ओभरमा १ रन खर्चेर ३ विकेट लिए । संगिता राई र एलिसा खडियाले २-२ विकेट लिइन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । कोशीकी बिमला मलहाले ३७ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् । लखिता राजवंशीले २२ र संगिता राइले २३ रन बनाइन् । गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टी जैशीले २–२ विकेट लिइन् ।
आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले १–१ विकेट लिइन् । कोशी ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
एपिएफ ५ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ । गण्डकी ५ खेलमा १ मा जितसहित छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने अव अंकगणीतिय सम्भावना मात्रै बाँकी छ । ८ टोली सहभागी पिएमकपमा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]