1 year ago
December 26, 2023
एजेन्सी – भारतले पहिलो टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध ८ विकेट गुमाउँदै खराब ब्याटिङ प्रदर्शन गरेको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो दिन ५९ ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनाएको छ ।
वर्षाको कारण पहिलो दिन तेस्रो सेसन भने हुन सकेन । भारतका लोकेश राहुल १ सय ५ बलमा १० चौका र २ छक्कासहित ७० रनमा नट आउट छन् । उनलाई मोहम्मद शिराजले साथ दिनेछन् ।
भारतका विराट कोहली ६४ बलमा ५ चौकासहित ३८ र श्रेयस ऐर ३१ रनमा आउट भए । दक्षिण अफ्रिकाका दुई तीव्र गतिका बलर कागिसो रबाडा र नान्द्रे बर्गरले भारतको शीर्ष र मध्यक्रम ब्याटिङ ध्वस्त पारेका थिए । ओपनर यशस्वी जैसवाल १७, कप्तान रोहित शर्मा ५, शुभमन गिल २ र शार्दुल ठाकुर २४ रनमा आउट भए ।
कागिसो रबाडाले १७ ओभरमा ४४ रन खर्चेर ५ विकेट लिएका छन् । बर्गरले दुई र मार्को यानसनले एक विकेट लिएका छन् । भारत र दक्षिण अफ्रिकाबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट ३ जनवरी देखी सुरु हुनेछ ।
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक […]