default_image

1 year ago

December 26, 2023

अष्ट्रेलियाको मध्यम सुरुवात

528 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा पाकिस्तानविरुद्ध मध्यम सुरुवात गरेको छ । पहिलो दिन वर्षाले प्रभावित खेलमा अष्ट्रेलियाले तीन विकेट गुमाएको छ ।

मेलबर्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ६६ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । मार्नस लाबुसेन १ सय २० बलमा ३ चौकासहित ४४ रनमा क्रिजमा छन् । उनलाई ट्रविस हेडले ९ रनमा साथ दिएका छन् ।

ओपनर डेविड वार्नर ८३ बलमा ३ चौकासहित ३८ रनमा आउट भए । उनी स्पिनर अघा सलमानको बलमा बाबर आजमबाट क्याच आउट भए । उस्मान खवाजा १ सय १ बलमा ५ चौकासहित ४२ रनमा आउट भए ।

उनी हसन अलीको बलमा अघा सलमानबाट समातिन पुगेका थिए । स्टिभ स्मिथ ७५ बलमा २ चौकासहित २६ रनमा आउट भए । खेल तीन टेस्टको हुनेछ । पहिलो खेलमा पाकिस्तान ३ सय ६० रनले पराजित भएको थियो । सिरिजमा अष्ट्रेलिया १(० ले अघि छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.