1 year ago
December 25, 2023
विनोद सिंह विष्ट/बैतडी
बैतडीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा डोटीले दार्चुलालाई ८ विकेटले पराजित गरेको छ ।
जितका लागि पछ्याएको ८२ रनको सामान्य लक्ष्य डोटीले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । डोटीको जितमा हृदय विठारीले अविजित २७ र अनुराग सिंहले २० बनाए ।हृदय म्यान अफ द म्याच चुनिए । दार्चुलाका विरेन बमले २ विकेट लिएका थिए ।
त्यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङ रोजेको दार्चुला ३०.४ ओभरमा ८१ रनमा अल आउट भएको थियो । दार्चुलाका विपिन धामीले सर्वाधिक १६ रन बनाए । डोटीका सुर्य श्रेष्ठ र आयुस द्वारियाले ३र३ विकेट लिए ।
यो जितले डोटीको इलिट च्याम्पियनसिपमा छनोट हुने सम्भावना कायमै छ । दोस्रो खेलमा पराजित भएपछि दार्चुलाको सम्भावना लगभग सकिएकोछ ।
मंगलबार बझाङ र दार्चुला भिड्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।
प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि दुई चरणमा प्रदेश छनोट गरेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा र डोटी छन् ।
जसको विजेताले ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछामसँग खेल्न पाउनेछ । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।
February 13, 2025
एजेन्सी – आगामी महिनाबाट सुरु हुने आइपिएल २०२५ का लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलोरको कप्तान नियुक्त गरिएको छ । बिहीबार बेंगलुरुले टिम निर्देशक मो बोबत र मुख्य प्रशिक्षक एन्डी फ्लावरको उपस्थितिमा उक्त घोषणा गरेको हो । पाटीदारले सन् २०२१ देखि बेंगलुरुका लागि ३ सिजन खेलेका छन् । बेंगलुरुका लागि उनले २८ खेलमा १५८.८५ को […]
February 13, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत अमेरिका ओमानसँग पराजित भएको छ । अमेरिका बुधवार ओमानसँग ७ विकेटले पराजित भयो । १ सय ५२ रनको लक्ष्य ओमानले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले नट आउट रहँदै सर्वाधिक ८२ रन जोडे । उनले १ सय २७ बलको सामना गर्दै […]
February 13, 2025
एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै फाइनलमा पुगेको छ । जित्नलाई ३ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडीआईमा पूरा गरेको हालसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तानले यसअघि […]