default_image

9 months ago

December 24, 2023

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मी विजयी

5637 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर कुशल मल्लको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा पर्सा क्लब ११ लाई ६६ रनले हराएको छ ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पर्साले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनायो । पर्साको लागि कप्तान सन्दीप लामिछानेले ३४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए । ओपनर इमरान शेख १८, अनिल शाह शून्य र हसिम हन्सारी १३ रनमा आउट भए ।

आर्मीका कुशल मल्लले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । साहब आलमले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । राजेश पुलामीले १ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

आर्मीको जितमा कुशल मल्लले ३९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रनको योगदान दिए । कप्तान विनोद भण्डारी १६ बलमा ३ चौका र १ छक्कासहित २६ र सन्तोष कार्की १६ रनमा आउट भए ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल १४ बलमा २ चौकासहित १३, भीम सार्की ३, राजेश पुलामी ९, विवेक यादव १२ र सन्दीप रजालीले ७ रन बनाएका थिए ।

पर्साका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । पवन सरार्फ, नसारुदीन अन्सारी, रन्जित कुमार र रुपेश सिंहले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालका तीन विभागीय, पर्सासँगै दुई भारतीय क्लब नोएडा र उत्तर प्रदेश छन् । आर्मी ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.