default_image

10 months ago

December 24, 2023

कुशल मल्लको उत्कृष्ट ब्याटिङमा सन्दीपको टोलीलाई बलियो लक्ष्य

5550 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा पर्सा क्लब ११ लाई १ सय ६० रनको बलियो लक्ष्य दिएको छ ।

नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो ।

आर्मीका कुशल मल्लले ३९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । विनोद भण्डारी १६ बलमा ३ चौका र १ छक्कासहित २६ र सन्तोष कार्की १६ रनमा आउट भए ।

रोहित पौडेल १४ बलमा २ चौकासहित १३, भीम सार्की ३, राजेश पुलामी ९, विवेक यादव १२ र सन्दीप रजालीले ७ रन बनाए ।
पर्साका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । पवन सरार्फ, नसारुदीन अन्सारी, रन्जित कुमार र रुपेश सिंहले १-१ विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.