default_image

10 months ago

December 24, 2023

शेरको घातक बलिङमा एपिएफ ५१ रनमा अल आउट

4885 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका युवा स्पिनर शेर मल्लको घातक बलिङमा प्रो क्लब टि२० च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब ५१ रनमा अल आउट भएको छ । पुलिसले ८९ रनको फराकिलो जित हात पारेको छ ।

जितको लागि १ सय ४१ रनको बलियो विजयी लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमा अल आउट भयो । एपिएफका प्रदीप ऐरीले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाए ।

एपिएफका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आसिफ शेख ८, हरिशंकर शाह ८, लोकेश बम शून्य, सुमित महर्जन ९, सन्दीप जोरा र अमर सिंह राउटेला १–१ रनमा आउट भए । विपिन खत्री, अभिनाश बोहरा, कमल खत्री र रमेश कुर्मीले खाता खोल्न सकेनन् ।

पुलिसका शेर मल्लले २.२ ओभरमा ३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । पुलिसका ओपनर दीलिप नाथले ३८ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रन बनाए । सुनिल धमलाले ४३ बलमा ३ चौकासति ३५ तथा शंकर रानाले १७ बलमा २ छक्कासहित २२ रन बनाए ।

अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । रमेश कुर्मीले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । कमल खत्रीले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.