1 year ago
December 22, 2023
एजेन्सी – स्पिनर गुडाकेश मोतीको उत्कृष्ट बलिङमा वेस्टइन्डिजले पाँचौं तथा अन्तिम टि२० आई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै सिरिज उपाधि जितेकोछ । योसँगै पाँच खेलको सिरिज वेस्टइन्डिजले ३-२ ले जितेको हो ।
जितको लागि १ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा शाई होपले ४३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । क्रिस वोक्सलाई छक्का हान्दै होपले खेल जिताएका थिए ।
शेर्फान रदरफोर्ड ३० र जोनसन चाल्र्स २७ रनमा आउट भए । आन्द्रे रसेल ३, रोभम्यान पावेल ८ र निकोलस पुरनले १० रन बनाए । इंग्ल्यान्डका स्पिनर आदिल राशिद र रिस टोप्लीले २-२ विकेट लिए ।
त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १९.३ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो ।
इंग्ल्यान्डका ओपनर फिलिप साल्टले २२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । लियाम लिभिङस्टोन २९, जस बटलर ११, विल ज्याक्स ७, मोईन अली २३ र साम करन १२ रनमा आउट भए ।
वेस्टइन्डिजका गुडाकेश मोतीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेल, अकिल हुसेन र जेसन होल्डरले २–२ विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]