1 year ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर लक्ष्मी चौधरीको उत्कृष्ट ब्याटिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ३ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर लक्ष्मी चौधरीले ४४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाइन् ।
आश्मा पुलामी मगर २, सरस्वती जिएम १२, सरस्वती पुन ७, रन्जु श्रेष्ठ ६ र मधु डिसी ३ रनमा आउट भइन् । सुस्मिता बजागाई ७ र कमला जिएम १ रनमा नट आउट रहिन् ।
सृष्टी पौडेल ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । सुमन खतिवडा र सुसुम गोदारले १(१ विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।
गण्डकीको लागि सुमन खतिवडा १८ बलमा ५ चौकासहित ३३ रनमा नट आउट रहिन् । सुमन पहिलो पटक गण्डकीबाट खेलेकी हुन् । यसअघि बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दथिइन् ।
ओपनर अन्जली विश्वकर्मा ५१ बलमा ४ चौकासहित ३० रनमा रिटायर्ड हर्ट भइन् । १५ औं ओभरमा अन्जली रिटायर्ड हुँदा गण्डकी ५९–२ को अवस्थामा थियो । त्यसपछि सुमन क्रिजमा आउँदै रनको गती बढाएकी थिइन् ।
गण्डकीलाई ओपनर सृर्जना पौडेल र अन्जली विश्वकर्माले ७.५ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । सृर्जना २३ बलमा ३ चौकासहित १९ रनमा आउट भइन् ।
सीमना केसी २ र ज्योत्स्निका मरासिनी ५ रनमा आउट भइन् । लुम्बिनीको लागि मधु डिसी, सरस्वती पुन र कमला जिएमले समान एक विकेट लिइन् ।
प्रधानमन्त्री कपमा ७ प्रदेश र एपिएफ सहभागी छन् । राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली प्लेअफ पुग्नेछन् ।
आजको पहिलो खेलमा बागमती प्रदेशले मधेशलाई २८ रनले हराएको थियो । उता मुलपानीमा पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो । अर्को खेलमा कोशी प्रदेशले कर्णालीलाई १० विकेटले हराएको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]