default_image

1 year ago

December 20, 2023

रुविनाको कप्तानीमा कोशीको टोली घोषणा

617 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षेत्री बेलबासेको कप्तानीमा कोशी प्रदेशले बिहीबार देखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।

बन्दना राजवंशी, रिया शर्मा र बिमला महलालाई समेट्दै टोली घोषणा गरेकोछ । घोषणा टोलीमा रुविनासँगै काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई र सबनम राई नेपाली टोलीबाट खेलेका खेलाडी छन् ।

त्यस्तै गतवर्ष काठमाडौं मेयर्स कपमा उत्कृष्ट बलर चुनिएकी निशा शाह लगायतका युवा खेलाडी छन् । कोशीले २०२१ मा दाङको लमहीमा भएको पिएमकपपछि उपाधि जित्न सकेको छैन ।

बिहीबार देखी सुरु हुने प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता छ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।

कोशीको टोली :

रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह ।

May 15, 2025

गुजरात प्ले अफमा पुगेको अवस्थामा बटलर नहुने सम्भावना

एजेन्सी –   इंग्ल्यान्डका जोस बटलरले गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनोट भएमा ती खेलहरु गुमाउने भएका छन्। बटलर वेस्ट इन्डिजविरुद् इंग्ल्याण्डको एकदिवसीय र टि ट्वान्टी सिरिजका लागि टोलीमा समेटिएपछि उनले आइपिएलका खेल गुमाउने भएका हुन्। विभिन्न टोलीबाट हाल आइपिएल खेलिरहेका ५ इंग्लिस खेलाडी मध्ये पूर्व कप्तान बटलर एक हुन् । भारत र […]

May 15, 2025

वर्षाले अन्तिम खेल बिथोले नेपाल सुपर थ्री पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]

May 15, 2025

कप्तान इन्दु चम्कँदा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]

Success

Thank you for your time.