1 year ago
December 20, 2023
एजेन्सी – ओपनर तथा विकेटकिपर फिलिप साल्टको लगातार दोस्रो शतकमा इंग्ल्यान्डले चौथो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ७५ रनको जित हात पारेको छ । योसँगै पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २-२ को बराबरी गरेको छ ।
ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६७ रन बनायो ।
यो इंग्ल्यान्डले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि इंग्ल्यान्डले टि२० आईमा २०१९ मा न्युजिल्यान्डािवरुद्ध २ सय ४१ रन बनाएको थियो । त्यस्तै २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध २ सय ३४ रन बनाएको थियो ।
इंग्ल्यान्डका ओपनर फिलिप साल्टले ५७ बलमा ७ चौका र १० छक्कासहित १ सय १९ रनमा अविजित रहे । उनको यो लगातार दोस्रो शतक हो । दक्षिण अफ्रिकाका राइली रोसोउपछि टि२० आईमा लगातार दुई शतक हान्ने पहिलो टेस्ट टोलीका खेलाडी पनि हुन् । तेस्रो खेलमा २ सय २३ रनको विजयी लक्ष्य पूरा गर्न फिलिपले १ सय ९ रनमा अविजित रहेका थिए ।
कप्तान जस बटलर २९ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा नटआउट रहे । पहिलो विकेटका लागि ९.५ ओभरमा फिलिप र बटलरले १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए ।
लियाम लिभिङस्टोन २१ बलमा ४ चौका र ४ छक्कासहित ५४ रनमा अविजित रहे । विल ज्याक्स ९ बलमा २ चौका र २ छक्कासहित २४ रनमा आउट भए । वेस्टइन्डिजका अकिल हुसेन र जेसन होल्डरले १-१ विकेट लिए ।
जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १५.३ ओभरमा १ सय ९२ रनमा अल आउट भयो । वेस्टइन्डिजका आन्द्रे रसेलले २५ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।
निकोलस पुरन १५ बलमा ३ चौका र ४ छक्कासहित ३९, शाई होप १६, कायल मेयर्स १२, ब्रेन्डन किंग शून्य, शेर्फान रदरफोर्ड ३६ र रोभम्यान पावेल ४ रनमा आउट भए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्ली ३.३ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । साम करन र रेहान अहमदले समान दुई विकेट लिए । मोईन अली, क्रिस वोक्स र आदिल राशिदले १-१ विकेट लिए । पाँचौं तथा अन्तिम खेल बिहीबार हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]