10 months ago
December 19, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले भारतीय २० वर्षीय युवा ब्याटर समिर रिज्भीलाई १३ करोड नेपाली रुपैयाँमा किनेको छ । चेन्नईमा दुबईमा जारी अक्सनमा ८ करोड ४० लाख भारु ( १३ करोड ४१ लाख नेपाली रुपैयाँ) खर्चेर उनलाई किनेको हो ।
मध्यक्रमका ब्याटर उनले भारतीय यू१९ र उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेली सकेका छन् । न्यूनतम २० लाख भारु मूल्य राखेका उनलाई किन्न चेन्नई, गुजरात र दिल्लीबीच अक्सनमा प्रतिस्सपर्धा भएको थियो । उनले भारतीय घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेपछि अक्सनमा महँगो मूल्य पाएका हुन् ।
उत्तरप्रदेशबाट घरेलु क्रिकेट खेल्ने उनले ११ टि२० खेलमा ३ अर्धशतकसहित कुल २ सय ९५ रन बनाएका छन् । जारी अक्सनमा चेन्नईले न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई १४ करोड, शार्दुल ठाकुरलाई ४ करोड, रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको छ । उनले गत युपी टि२० क्रिकेटमा ९ खेलमा १८८.८० को स्टाक रेटमा ४ सय ४५ रन बनाएका थिए । जसमा ३८ छक्का सामेल थियो ।
जारी अक्सनमा अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा किनेको छ । त्यस्तै व्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको थियो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]