11 months ago
December 19, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन आज दुबईमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । अक्सनमा ३ सय ३३ कुल खेलाडी सहभागी हुनेछन् ।
२ सय १४ भारतीय, १ सय १९ विदेशी र दुई एसोसिएट खेलाडी छन् । एसोसिएटबाट नेदरल्यान्ड्सका पाउल भान मार्केन र नामिबियाका डेविड विजा छन् । ३० विदेशीसहित कुल ७७ खेलाडी अक्सनमा बिक्न सक्ने कोटा बाँकी छ ।
यस पटक अक्सनमा गुजरात टाइटन्सले ३८.१५ करोड भारु सर्वाधिक रकम खर्च गर्न पाउनेछ । हैदराबादसँग ३४ करोड, चेन्नई सुपर किंग्ससँग ३१.४ करोड, दिल्ली क्यापिटल्ससँग २८.९५ करोड र कोलकाता नाइट राइडर्ससँग ३२.७ करोड भारु खर्च गर्न पाउने रकम छ ।
लखनऊ सुपर जायन्ट्ससँग सबैभन्दा कम १३.१५ करोड भारु खर्च गर्न पाउने रकम छ । मुम्बईसँग १७.७५ करोड, पन्जाबसँग २९.१ करोड, बेंगलोरसँग २३.२५ र राजस्थानसँग १४.५ करोड खर्च गर्न पाउने रकम छ ।
यस पटक अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सबैभन्दा महँगो मूल्य पाउने अनुमान गरिएकोछ । धेरै टोलीलाई तीव्र गतिका बलर आवश्यक हुँदा स्टार्क अक्समा महँगो मूल्यमा जाने अनुमान गरिएको हो ।
अष्ट्रेलिया जोश हेजलवुड, कप्तान प्याट कमिन्स र ट्रर्विस हेड पनि महँगो मूल्यमा जाने सम्भावना छ । न्युजिल्यान्डका दुई अलराउन्डर रचिन रविन्द्र र डर्याल मिचेलले पनि अक्सनमा महँगो मूल्य पाउन सक्छन् ।
नेपालबाट भने सर्ट लिष्टमा कुनैपनि खेलाडी अक्सनमा छैनन् । यदि कुनै फ्रेन्चाइज टोलीले चाहेको खण्डमा अक्सनमा नेपाली खेलाडी पर्न सक्ने सम्भावना भने बाँकी रहन्छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]