default_image

1 year ago

December 17, 2023

कविताको कप्तानीमा मधेशको टोली घोषणा

1757 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी बलर कविता गौतमको कप्तानीमा मधेश प्रदेशले पुष पहिलो सातादेखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका अलराउन्डर विवेक यादवकी बहिनी साक्षी पनि अटाएकी छिन् । साक्षीले शीर्षक्रममा ब्याटिङसँगै तीव्र गतिमा बलिङ पनि राम्रो गर्ने गर्दछिन् । जिल्ला र प्रदेश दुबै छनोटमा राम्रो प्रदर्शन गर्दै पहिलो पटक टोलीमा परेकी हुन् ।

घरेलु टोलीमा मधेशबाट लगातार राम्रो प्रदर्शन गर्दै आएकी साना प्रविन पनि टोलीमा छिन् । मधेशले पुष ५ गते टियु क्रिकेट मैदानमा बागमती प्रदेशसँग खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । पुष ६ गर्ते नेपाल एपिएफ क्लबसँग टियुमा खेल्नेछ । सबै टोलीसँग एक अर्कासँग खेलेर शीर्ष चारमा पर्न सके प्लेअफ खेल्नेछ ।

पिएम कप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

मधेशको टोली :

कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सबनम खातुन, मिना महतो, पुजा महतो, साक्षी यादव, रोजी कडारी, भूमी सिंह, आरती महतो, सरस्वती चौधरी र चान्दानी खातुन ।

वैकल्पिक खेलाडी :

सीमा कुँवर, मोनिका शाह, अमिशाह पटेल र अर्चना चौधरी ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.