default_image

9 months ago

December 17, 2023

सुमनलाई समेट्दै पिएमकप खेल्ने गण्डकीको टोली घोषणा

607 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्टार युवा अलराउन्डर सुमन खतिवडालाई समेट्दै गण्डकी प्रदेशले पुष पहिलो सातादेखी सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।

यसअघि बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्दै आएकी सुमन यस पटकको पिएमकप गण्डकीबाट खेल्ने भएकी छिन् । सुमनले गतवर्षको पिएमकप भने ब्यक्तिगत कारण खेलेकी थिइनन् । उनले तीव्र गतिमा बलिङसँगै मध्यक्रममा आक्रामक ब्याटिङको क्षमता राख्ने गर्दछिन् ।

पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । गण्डकीले पुष ५ गते लुम्बिनी प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ ।

गण्डकीको टोली :

कुसुम गोदार, अञ्जली विश्वकर्मा, सिमाना केसी, सृर्जना पौडेल, सृष्टि पौडेल, सुमन खतिवडा, ज्यात्स्निका मरासिनी, निरु जिटी, आकृति तिवारी, सेर्निया थापा, शिला रेग्मी क्षेत्री, श्रेया शाही, रचना पौडेल र आर्मिनी अधिकारी ।

वैकल्पिक : श्रेया शर्मा, धना कुमारी क्षेत्री, कृषा आखेली र सुशिला भट्टाराई ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.