11 months ago
December 17, 2023
एजेन्सी – युवा ब्याटर साइ सुदर्शनले भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओडिआई खेलमा भारतले उनलाई डेब्यू दिएको हो ।
जोहनबगर्समा सम्पन्न टसमा दक्षिण अफ्रिका कप्तान एडेन माक्ररमले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । २२ वर्षीय सुदर्शनले १२ प्रथम श्रेणी, २५ लिष्ट ए र ३१ टि२० खेल खेलेका छन् । लिष्ट ए मा ६ मा शतक र ४ अर्धशतकसहित कुल १२ सय ६९ रन बनाएका छन् ।
उनले तामिल नाडुबाट घरेलु क्रिकेट खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । गत जुलाईमा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ९ विकेटले हराउन उनले ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
गत वर्ष आइपिएलमा सुदर्शनले गुजरात टाइटन्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध उनले ४७ बलमा ८ चौका र ६ छक्कासहित ९६ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
दक्षिण अफ्रिकाको प्लेइङ ११ :
रिजा हेन्डिक्स, टोनी डी जोर्जी, रास्सी भान डर डुसेन, एडेन माक्ररम (कप्तान), हेनरिक क्लासेन (विकेटकिपर), डेविड मिलर, विवान मुल्डेर, एन्डिल फेहलुकवयो, केशव महाराज, नान्द्रे बर्गर र तबरेज शाम्सी ।
भारतको प्लेइङ ११ :
लोकेश राहुल(कप्तान), ऋतुराज गायकवाड, साई सुदर्शन, श्रेयस ऐर, तिलक बर्मा, सन्जु स्यामसन, अक्षर पटेल, अर्शदीप सिंह, आवेश खान, कुलदीप यादव र मुकेश कुमार ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]