1 year ago
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले चार जिल्ला सम्मिलित भिजिट भरतपुर टि२० सिरिजको उपाधि जितेको छ । भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा चितवनलाई ५ विकेटले हराउँदै मकवानपुरले उपाधि जितेको हो ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको मकवानपुरले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मकवानपुरको जितमा सुभ कंसाकारले २३ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए । तक्षक सिंखडाले २४, रिजन ढकालले २३, र सक्षम बस्ताकोटीले २० रन बनाए ।
चितवनका दिवस आचार्य र दिपेश श्रेष्ठले २र२ विकेट लिए । दानिस इकबालले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २३ रन बनाएको थियो । सुरुवाती ७ ओभरमा ३२ रन जोड्दा ४ विकेट गुमाएको चितवन त्यसपछि खेलमा फर्किएको थियो ।
चितवनका लागि क्रिजन गुरुङले २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३१ रन बनाए । १९ बलमा २० रन बनाएका दिपेश श्रेष्ठ रोहित ठाकुरको बलमा बोल्ड आउट भए ।
बलिङमा मकवानपुरका समिर चौलागाईले ३, रोहित ठाकुरले २ तथा रिजन ढकाल, असिम श्रेष्ठ र साकार गजुरेलले समान १ विकेट लिए । १ विकेटसहित नटआउट २३ रन बनाएका मकवानपुरका रिजन ढकाल खेलको प्लेयर अफ द म्याच बने ।
सिरिजका उत्कृष्ट बलर रिजन ढकाल भए । उनले १३ विकेट लिएका थिए । प्रतिक श्रेष्ठ ९५ रन बनाउँदै उत्कृष्ट ब्याटर भए । प्लेयर अफ द सिरिज मकवानपुरका रिजन ढकाल बने । वेष्ट क्याचको उपाधी पर्साका सम्साद मन्सुरीले पाए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]