default_image

1 year ago

December 13, 2023

रसेलको सानदार प्रदर्शनमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई हरायो

2496 views

0 Bookmark

एजेन्सी – दुईवर्ष पछि टोलीमा फर्किएका अलराउन्डर आन्द्रे रसेलको सानदार अलराउन्ड प्रदर्शनमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा आन्द्रे रसेल १४ बलमा २ चौका र २ छक्कासहित २९ रनमा अविजित रहनुको साथै तीन विकेट लिए ।

कप्तान रोभम्यान पावेल १५ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे । कायल मेयर्स २१ बलमा ४ छक्कासहित ३५, ब्रेन्डन किंग २२, निकोेलस पुरन १३ र शाई होप ३६ रनमा आउट भए ।

इंग्ल्यान्डका स्पिनर रेहान अहमदले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा २५ रन खर्चेर २ र क्रिस वोक्सले १ विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १९.३ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर फिलिप साल्ट २० बलमा ६ चौकासहित ४० तथा जस बटलर ३१ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । विल ज्याक्स १७, लियाम लिभिङस्टोन २७ र साम करन १३ रना आउट भए ।

वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ३.३ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । रोमारियो शेफर्डले २, जेसन होल्डर र अकिल हुसेनले १-१ विकेट लिए । दोस्रो टि२० आई खेल बिहीबार हुनेछ ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.