11 months ago
December 13, 2023
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा भारतलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।
जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा ओपनर रिजा हेन्डिक्सले २७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।
कप्तान एडेन माक्ररम १७ बलमा ४ चौका र १ छक्कासहित ३० र डेविड मिलर १७ रनमा आउट भए । भारतका मुकेश कुमारले दुई, कुलदीप यादव र मोहम्मद शिराजले १(१ विकेट लिए ।
त्यसअघि जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पएको भारतले १९.३ ओभरमा ७ विकेट गुमाउँद्यै १ सय ८० रन बनाएको थियो ।
भारतका रिंकु सिंह ३९ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनमा अविजित रहे । रिंकुको टि२० आईमा पहिलो अर्धशतक हो । कप्ताान सूर्यकुमार यादव ३६ बलमा ५ चौका र २ छक्कासहित ५६, तिलक बर्मा २९, जितेश शर्मा १, रविन्द्र जडेजा १९, शुभमन गिल र यशस्वी जैसवाल शून्यमा आउट भए ।
दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीले ३.३ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन, लिजाड विलियम्स, तबरेज शाम्शी र एडेन माक्ररमले १-१ विकेट लिए । तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]