default_image

1 year ago

December 12, 2023

पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा हुने

759 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता अव राउन्ड रोविनको आधारमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने यसअघि नै घोषणा गरेको थियो ।

पुष १ देखी प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिता काठमाडौंमा हुँदैछ । पिएमकप महिला टि२० राष्ट्रिय प्रतियोगिता राउन्ड रोविनमा गर्न लागेको क्यानका सचिव पारस खड्काले हाम्रो खेलकुदलाई बताएका छन् ।

‘महिला क्रिकेटमा खेलहरु बढाउनै पर्ने भएको छ । यस पटक देखी पिएमकप महिला पनि राउन्ड रोविनमा गराउने छौं । यस सम्बन्धी हामीले चाँडैनै आधिकारिक रुपमा घोषणा गर्नेछौं । जति धेरै म्याचहरु त्यति धेरै खेलाडीहरुले एक्सपोजर पाउने हुन्’, पारसले हाम्रो खेलकुदसँग भने ।

पिएमकप महिलाको लागि सबै प्रदेशले छनोट जारी गरेका छन् । पिएमकप महिला पहिलो पटक काठमाडौंमा हुदैछ । यसअघि पिएमकप महिला काठमाडौं बाहिर हुँदै आएको थियो । प्रतियोगितामा नेपाल एपिएफ क्लबसहित ७ प्रदेशको सहभागीता रहनेछ । सबै टोलीले अव एक अर्कासँग खेल्नेछन् ।

यसअघि पिएमकप महिलामा ८ टोलीलाई दुई समूहमा विभाजन गरेर सेमिफाइनल हुँदै खेलाइने गरिन्थ्यो । तर यस पटक देखी हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् ।

तेस्रो र चौथो स्थानमा रहने टोलीले प्लेअफ क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । यसले गर्दा महिला खेलाडीले धेरै खेलहरु पाउनेछन् । खेलहरु माथिल्लो मुलपानी मैदान र टियुमा हुनेछन् ।

April 13, 2025

राजस्थानविरुद्ध आरसिबीले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]

April 13, 2025

नेपाल फाइनलमा झिनो अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ‌। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]

April 13, 2025

नेपालको युएईलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]

Success

Thank you for your time.