1 year ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएपछि नेपाल एसिसी यू१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो ।
नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए ।
नेपालका ओपनर दीपक बोहरा १ रनमा क्याच आउट भए । तीव्र गतिका बलर राज लिम्बानीको बलमा एज लागेर क्याच आउट हुन पुगेका थिए । विकेटकिपर उत्तमथापा मगर राजकै बलमा शून्यमा बोल्ड भए । इनस्वींग बल चाल नपाउँदा उनी बोल्ड आउट भएका थिए ।
अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए ।
कप्तान देव खनाल नवौं ओभरमा २ रनमा क्याच आउट भए । राजको नवौं ओभरको पाँचौं बलमा देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किएका छन् ।
भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९.१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । नेपाल आजको खेलमा पराजित हुँदा समूह चरणबाटै बाहिरिनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]