default_image

9 months ago

December 12, 2023

नेपालको प्लेइङ ११ मा दुई परिवर्तन

1993 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ एसिया कपमा भारतविरुद्ध आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दुई परिवर्तन गरेको हो ।

नेपालले अफगानिस्तानसँगको खेलबाट विपिन रावल र आकाश त्रिपाठीलाई आजको खेलमा बेन्चमा राखेको छ । नेपालले आज विकेटकिपर विपिनको स्थानमा दिपक डुम्रेलाई मौका दिएको छ । त्यस्तै आकाश त्रिपाठीको स्थानमा आक्रामक ब्याटर दीपक बोहरालाई खेलाएकोछ । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । नेपाललाई मिराकल जित मात्रै पर्याप्त हुनेछैन । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ ।

नेपालको नेटरनरेट माइनस २।०२४, भारतको ०।४५४ र अफगानिस्तानको ०।२०३ छ । नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन । पाकिस्तानसँग १ सय ५२ र अफगानिस्तानसँग १ सय ८८ रनमा अल आउट भएको थियो । पाकिस्तानसँग उत्तमथापा मगरले सर्वाधिक ५१ र अफगानिस्तानसँग अर्जुन कुमालले ९१ रन बनाएका थिए ।

नेपालको प्लेइङ ११ ः

देव खनाल(कप्तान), अर्जुन कुमाल, दीपक बोहरा, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, दीपक डुम्रे, हेमन्त धामी र आकाश चन्द ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.