1 year ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका १० खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीपा लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।
नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा र अन्य ८ खेलाडी सिल्भर क्याटेगेरीमा परेका हुन् । पिएसएलको ड्राफ्ट बुधबार हुँदैछ ।
प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर (१ करोड ४० लाख रुपैयाँ) पाउनेछन् । गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर ( ५० लाख रुपैयाँ) पाउनेछन् । सिल्भर क्याटेगोरीमा बिक्ने खेलाडीले १८ हजार अमेरिकी डलर(२५ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।
प्लेटिनम क्याटेगोरी : सन्दीप लामिछाने
गोल्ड क्याटेगोरीमा : गुलशन झा
सिल्भर क्याटेगोरीमा :
आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी,
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]