11 months ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोली युएईमा जारी एसिसी यू–१९ एसिया कपमा सुरुवाती दुई खेलमा पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार रहेन ।
सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपाल समस्यामा परेको हो । सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ ।
पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
नेपाल सेमिफाइनल खेल्ने सम्भावना नेटरनरेट हो । पाकिस्तानलाई नेपालले पछि पार्न सक्दैन । त्यसैले नेपाल अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने समिकरण जीवितै छ । त्यसको लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ । विशाल जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नुपर्ने हुन्छ ।
नेपालको नेटरनरेट माइनस २.०२४, भारतको ०.४५४ र अफगानिस्तान ०.२०३ छ । अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ । पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्छ । जसले गर्दा नेपाल, भारत र अफगानिस्तानको अंक २–२ हुनेछ ।
समान अंक हुँदा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारतमाथिको फराकिलो जित सेमिफाइनल खेल्न पर्याप्त हुनसक्छ । पाकिस्तानले भारतलाई ८ विकेटले हराएपछि नेपाललाई पनि फाइदा भएको हो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]