1 year ago
December 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भिजिट भरतपुर २०२४ चार टोली सम्मिलित टि२० सिरिजको उद्घाटन खेलमा चितवन र नवलपुरले विजयी सुरुवात गरेका छन् । पर्साविरुद्ध चितवनले ४३ रन तथा नवलपुरले मकवानपुरलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेका हुन् ।
पहिलो खेलमा चितवनले दिएको १ सय २६ रनको विजयी लक्ष्य विजयी लक्ष्य पछ्याएको पर्सा १८ ओभरमा ८२ रनमा अलआउट हुन पुग्यो । पर्साको पारी ध्वस्त बनाउने क्रममा चितवनका दिवस आचार्यले ४ ओभर बलिङ्ग गर्दै १३ रन खर्चिएर ३ विकेट लिए ।
दानिस इकबाल, क्रिजन गुरुङ्ग र नरेश प्रधानले समान २ विकेट लिए । दिपेश श्रेष्ठको नाममा १ विकेट रह्यो । ब्याटिङ्गमा पर्साका लागि सांसद मन्सुरीले सर्वाधिक २८ रन बनाए भने सांसद अन्सारीले २५ रन जोडे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमित रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रनको योगफल तयार पारेको थियो । चितवनका लागि ओपनर बिकल गुप्ताले अर्धशतकीय पारी खेले । ४० बल खेलेका उनले ५३ रन बनाए । उनी १९ औं ओभरको दोस्रो बलमा साजाफुल हवारीद्वारा सैफुल्लाह अन्सारीबाट समातिए ।
बलिङ्गमा सेराफुल हवारीले ३, सैफुल्लाह अन्सारीले २ तथा एफाज मन्सुरी, सांसद मन्सुरी, नसुरिदिन अन्सारी र सांसद अन्सारीले समान एक विकेट लिए । अर्धशतक प्रहार गरेका चितवनका बिकल गुप्ता खेलको प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा नवलपुरले मकवानपुरमाथी जित निकाल्यो । टस जितेर पहिला ब्याटिङ रोजेको नवलपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनायो । नवलपुरका लागि कमल परियारले सर्वाधिक २७ रन बनाए । १९ बल खेलेका उनले ३ छक्का प्रहार गरे ।
यस्तै, गोविन्द बिकले २३ र रिजन काफ्लेले २१ रन बनाए । बलिङ्गतर्फ मकवानपुरका रिजन ढकाल एक्लैले ४ विकेट लिएपनी जितका लागि पर्याप्त भएन । यस्तै समीर चौलागाईं, सुभ कंसकार, साकार गजुरेल र सुवर्ण भट्टले समान १ विकेट लिए ।
१ सय १८ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ्ग थालेको मकवानपुर ९ बल बाँकी छदा ९५ रनमा अलआउट भयो । मकवानपुरका लागि सन्देश बस्नेत र गोकुल अधिकारीले समान २१ रन बनाए । सुमन सुनारले १६ रन बनाउदा सुभ कंसकारले ११ रन बनाए । मकवानपुरमाथी जित निकाल्नेक्रममा नवलपुरका अपरिचित पौडेलले ४ ओभर बलिङ्ग गर्दै १ मेडनसहित ८ रन खर्चिएर ३ विकेट लिए ।
शिशिर भुषाल र कुमार रानाले समान २ विकेट लिदा सुदिप अर्यालले १ विकेट लिए । दोस्रो खेलको प्लेयर अफ द म्याच नवलपुरका बलर अपरिचित पौडेल चुनिए ।
प्रतियोगिता अन्तर्गत आज दुइ खेल हुनेछन् । पहिलो खेलमा बिहान ९ बजे नवलपुर र पर्सा आमनेसामने हुनेछन् । दोस्रो खेलमा चितवनले मकवानपुरको सामना गर्नेछ । प्रतियोगिता यहि मङ्सिर २७ गतेसम्म संचालन हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]