default_image

10 months ago

December 10, 2023

पिचमा पानी छिरेपछि खेल नै स्थगित

741 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाको चर्चित टि२० क्रिकेट बिग ब्यास लिगमा पिचमा पानी छिरेपछि खेल नै स्थगित भएको छ । आइतबार बिग ब्यासको चौथो खेल भिक्टोरिया स्थित जिलोङ्गा रहेको सिमन्ड्स स्टेडियममा पर्थ स्कोचर्स र मेलबर्न रेनेगर्ड्सबीचको खेल रद्ध भएको हो ।

पर्थले टस हारेर ६.५ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाउँदा खेल रद्ध भएको हो । पिच खेल्न योग्य नभएको हुँदा रद्ध भएको थियो । रातभर वर्षाको कारण कभरभीत्र पानी छिरेपछि पिच खेल्न योग्न नभएको र खेलाडीलाई खतरा हुन सक्ने भन्दै अम्पायरले खेल रद्ध गरेका हुन् ।

अन्तिम बल हामीले एकदमै अस्वभाविक देखेका थियौं । त्यसैले हामीले सोच्यौ की यसले खतरनाक व्यवहार गरेको छ । त्यसैले खेल रद्ध गर्नुको कारण हो, अम्पायर बेन ट्रेलोरले भनेका छन् । पिचमा पानी परेपछि अस्वभाविक बाउन्स र डाउन भएको थियो । त्यसैले अम्पायरले खेल्न असुरक्षित भन्दै स्थगित गरेका हुन् ।

यस खेललाई पुन खेलाइनले अष्ट्रेलिया क्रिकेट बोर्डले जनाएको छ । खेल हेर्न ६ हजार ६ सय १ दर्शक मैदान पुगेका थिए । ती सबै दर्शकको मूल्य फिर्ता गर्ने पनि क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।

सोमबार होबार्ट हरिकेन्स र सिड्नी सिक्सर्सबीच खेल हुनेछ । चर्चित बिग ब्यास लिगमा पिचमा पानी छिरेपछि खेल्न असुरक्षित भएको भन्दै खेल नै स्थगित भएको छ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.