11 months ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दुई युवा खेलाडी विपिन विक्रम शाही र भुपेश जोशीको उत्कृष्ट प्रदर्शनमा घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) सेमिफाइनलमा पुगेको छ।
गरुडा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै घोडाघोडी क्रिकेट अपराजित रहँदै समूह सी बाट सेमिफाइनलमा पुगेको हो ।जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको घोडाघोडीले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
घोडाघोडीको जितमा ओपनर विपिन विक्रम शाहीले ३९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५५ रनको योगदान दिए । त्यस्तै टेक रावतले २९ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । ओपनर विपिन र टेकले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए ।
कृष कार्कीले अविजित १५ तथा निशान्त बूढायरले अविजित १० रन बनाए। गरुडाका बलर डब्लु मलिकले ३ तथा नितेश यादवले १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले २० ओभरमा १ सय २८ रनमा अल आउट भएकोथियो । गरुडाको लागि डब्लु आनन्द मलिकले सर्वाधिक ३५ रन बनाए। सोभेन्द्र पासवानले २३, नितेश यादवले १९ तथा सैलेन्द्र कुशवाहाले १७ रन बनाए।
भुपेश जोशीले ४ ओभरमा मात्र १३ रन खर्चिए ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । सञ्जय बोहरा, अशोक धामी र नरेश सुनारले एक एक विकेट लिए ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]