11 months ago
December 10, 2023
एजेन्सी – अलराउन्डर रोमारियो शेफर्डको आक्रामक ब्याटिङमा वेस्टइन्डिजले तेस्रो तथा अन्तिम ओडिआई खेलमा इंग्ल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा चार विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले २–१ ले जितेको हो ।
जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा रोमारियो शेफर्ड २८ बलमा ३ चौका र ३ छक्कासहित ४१ रनमा नट आउट रहे । केसी कार्टी ५८ बलमा ५ चौका र १ छक्कासहित ५० र एलिक एथानाजे ४५ र कप्तान शाई होप १५ रनमा आउट भए ।
इंग्ल्यान्डका विल ज्याक्सले ७ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए । गस एट्किन्सनले दुई र रेहान अहमदले एक विकेट लिए ।
त्यसअघि इंग्ल्यान्डले ४० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । इंग्ल्यान्डका बेन डकेटले ७३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
लियाम लिभिङस्टोन ५६ बलमा २ चौका र २ छक्कासहित ४५ रन बनाए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् । जस बटलर शून्य, साम करन १२, विल ज्याक्स १७, फिलिप साल्ट ४ र ह्यारी ब्रुक १ रनमा आउट भए ।
वेस्टइन्डिजका म्याथ्यु फर्डले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ८ ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए । रोमारियो शेफर्डले ८ ओभरमा ५० रन खर्चेर २ विकेट लिए ।
पहिलो खेलमा वेस्टइन्डिज ४ विकेट र दोस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएका थिए । अव यी दुई देशबीच पाँच टि२० आई खेलको सिरिज हुनेछ । पहिलो खेल बुधबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]