11 months ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मैदानमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।
आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल सम्भावना अंक गणीतिय बाँकी हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उता अफगानिस्तानले भारतसँग ७ विकेटले हारेको थियो । दुबै टोली पहिलो जितको सोचमा हुनेछन् ।
नेपालले हारेपनि पहिलो खेलमा युवा ब्याटर उत्तमथापा मगरले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दीपेश कँडेलले २९ रन जोडेका थिए । नेपालका प्रमुख ब्याटर देव खनाल शून्य र गुलशन झा १ रनमा आउट भएका थिए । देव र गुलशन सिनियर टोलीबाट खेलि सकेका खेलाडी हुन् । गुलशनले पछिल्लो एक वर्षदेखी नेपाली टोलीबाट निरन्तर खेलेका छन् ।
यी दुई खेलाडीबाट आजको खेलमा नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ । ओपनर अर्जुन कुमालले २१ रन बनाउँदै राम्रो सम्भावना देखाएका थिए । अर्जुनको भूमिका एक एन्डबाट विकेट बचाएर ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।
नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर तिलकराज भण्डारीको स्थानको तीव्र गतिका बलर हेमन्त धामीलाई मौका दिनसक्छ । तीव्र गतिका बलर सहयोगी पिच हुँदा हेमन्तलाई मौका दिनसक्छ । नेपालले दीपेश र सुभाष भण्डारीलाई स्पिनरमा निरन्तरता दिने देखिन्छ ।
अफगानिस्तानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोरछ । शीर्षक्रमका ब्याटरको प्रदर्शनमा भर पर्नसक्छ । नेपालको बलिङ आक्रामणको सुरुवात गुलशन र आकाशले गर्नेछन् । यी दुईले सुरुवातमा विकेट लिन सके नेपाल खेलमा हाबी हुनसक्छ ।
भारतविरुद्ध ४३ रन बनाएका जम्शिद जद्रान, अक्रम मोहम्मदजाई र विकेटकिपर नुमान शाह अघा प्रमुख ब्याटर हुन् । बसिर अहमद अफगान वाहिदुल्लाह जद्रान र खलिल अहमद प्रमुख बलर हुन् ।
नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा जित हात पार्नुपर्ने हुन्छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालले २०१५ देखी २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको थियो । पाँचैं खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले दशकपछि अफगानिस्तानलाई हराउन सकेको छैन ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]