1 year ago
December 9, 2023
एजेन्सी – जिम्बावेका कप्तान सिकन्दर राजालाई आगामी दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने भएको छ । आयरल्यान्डसँगको पहिलो टि२० आई खेलमा कर्टिस क्याम्फर र जोशुवा लिटिलसँग राजाले ब्याटिङ गर्नेक्रममा झगडा गरेका थिए ।
क्याम्फरलाई राजाले ब्याटले नै हान्न खोजेका थिए । त्यसको कारण राजालाई आइसिसीले कारबाही स्वरुप ५० प्रतिशत म्याच फि र २ डेमेरिट प्वाइन्ट अंक दिएको थियो । २४ महिनाभित्र राजाको ४ डेमेरिट प्वाइन्ट भएपछि दुई खेल प्रतिबन्ध लागेको हो ।
राजाले आयरल्यान्डसँगको बाँकी दुबै खेल गुमाउने छन् । कर्टिस क्याम्फर र जोशुवा लिटिललाई भने खेलको १५ प्रतिशत म्याच फि जरिवना लागेको छ ।
राजालाई प्रतिबन्ध लागेपछि जिम्बावेको कप्तान सन विलियम्सनले गर्नेछन् । राजाले जिम्बावेको टोलीबाट सानदार अलराउन्ड प्रदर्शन गर्दै आएका छन् ।
पहिलो खेलमा आयरल्यान्डलाई हराउन राजाले ६५ रन बनाउनुको साथै ३ विकेट लिएका थिए । १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले अन्तिम बलमा पूरा गरेको थियो । अन्तिम बलमा दुई रन जितको लागि चाहिँदा आयरल्यान्डका विकेटकिपर लोर्कान टकरले बल मिस गर्दा हार्न पुगेको थियो । जिम्बावे र आयरल्यान्डबीच दोस्रो टि२० आई खेल आज जारी छ । अर्को खेल आइतबार हुनेछ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]