default_image

9 months ago

December 8, 2023

राजबिराज च्याम्पसलाई उपाधि, विवेककी बहिनी साक्षी सर्वोत्कृष्ट

352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्विनलाई ६ विकेटले पराजित गर्दै जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खडकले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खडकका लागि मन्जु रामले १५ रनको योगदान दिइन् ।

राजबिराजका साक्षी यादवले ४ ओभरमा १७ रन दिई ३ विकेट लिइन् । आकृति मण्डलले २ तथा दिपा राम र सितल चौधरीले सामान १ लिन सफल भइन् ।

जितका लागि ९६ रनको झिनो विजयी लक्ष्य पछ्याएको राजबिराज १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजबिराजलाई सहज जित दिलाउन कप्तान साक्षी यादवले ३४ बलमा ७ चौक्काको मद्धतले ४० रनको योगदान दिइन् । निशु चौधरीले १७ रनको योगदान दिइन् । खडकका मन्जु राम र सन्तोषि चौधरीले १-१ विकेट लिइन् ।

खेलको म्यान अफ द म्याच राजबिराजकी साक्षी यादव भइन् । प्रतियोगिताको उत्कृष्ट ब्याटर खडक क्वीनका अन्जली चौधरी, उत्कृष्ट बलर राजबिराज च्याम्पसका दिपा राम र प्लेयर अफ द सिरिज साक्षी भईन् । साक्षी नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर विवेक यादवकी बहिनी हुन् ।

विजेता खेलाडिलाई सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, खडक नगरपालिकामा नगर प्रमुख जयप्रकाश चौधरी, सबल नेपालका सिनियर म्यानेजर अशोक शाह, परमेश्वर झा, नेपाली राष्ट्रिय टिमका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी र आईसिसि ट्युटर सारा बेगले पुरस्कार बित्तरण गरेका थिए ।

सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी दिवसको अवसरमा उक्त सिरिज आयोजना गरिएको थियो । यसै सिरिजको प्रदर्शनबाट मधेश प्रदेश छनोट खेल्ने टिम घोषणा गरेको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.