default_image

10 months ago

December 8, 2023

पाकिस्तानविरुद्ध उत्तमको महत्वपूर्ण अर्धशतक

3860 views

0 Bookmark

एजेन्सी – नेपालका विकेटकिपर उत्तमथापा मगरले एसिसी यू१९ एसिया कपमा पाकिस्तानविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । उत्तमले ७० बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले यसअघि दुई महिना अघि एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईविरुद्ध पनि अर्धशतक हानेका थिए ।

दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । उत्तम ७१ बलमा ३ चौका र २ छक्कासहित ५१ रनमा क्रिजमा छन् ।

एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।

अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए । अग्ला कदका जिशानको बलमा अर्जुन आउट भएसँगै गुलशन झा ब्याटिङका लागि आएका थिए ।

गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो ।

विशाल विक्रम केसी ९ बलमा १ रन बनाउँदै क्याच आउट भए । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ५ विकेट लिएका छन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.