default_image

9 months ago

December 8, 2023

कप्तान देव खाता नखोली आउट, नेपालले तेस्रो विकेट गुमायो

1052 views

0 Bookmark

एजेन्सी – नेपाली युवा टोलीले एसिसी यू१९ एसिया कपमा पाकिस्तानविरुद्ध तीन विकेट गुमाएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।

नेपालका अर्जुन कुमाल २६ बलमा २ चौकासहित १५ रनमा क्रिजमा छन् । उनलाई उत्तमथापा मगरले साथ दिनेछन् ।
नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भएका हुन् । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गरे ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भए ।

नेपालको प्लेइङ ११ :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी र आकाश चन्द

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ […]

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

Success

Thank you for your time.