default_image

9 months ago

December 6, 2023

२३ वर्षीय भारतीय स्पिनर शीर्षस्थानमा, रोहितको वरियता घट्यो

7149 views

0 Bookmark

एजेन्सी – भारतीय २३ वर्षीय युवा स्पिनर रवि विश्रोई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ टि२० आई वरियता बलिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।

यसै साता अष्ट्रेलियाविरुद्ध पाँच टि२० आई खेलको सिरिजमा सानदार प्रदर्शन गरेपछि विश्रोई शीर्ष स्थानमा उक्लिएका हुन् । लेग स्पिनर उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै शीर्ष स्थानमा छ । राशिद खान दोस्रो, श्रीलंकाका वानिन्दु हसरंगा तेस्रो र इंग्ल्यान्डका आदिल राशिद चौथो स्थानमा छन् ।

नेपालका कुनैपनि बलर आइसिसीको टि२० आई वरियता बलिङमा शीर्ष १ सयमा अट्न सकेका छैनन् । ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्षस्थानमा छन् । नेपालका कप्तान रोहित पौडेलको भने दुई वरियता घटेकोछ ।

रोहित ८७ औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी ९६ औं स्थानमा यथावत छन् । टि२० आई वरियता अलराउन्डरतर्फ नेपालका खेलाडी शीर्ष २० मा छैनन् । टि२० र ओडिआई वरियतामा नेपाल १५ औं स्थानमा यथावत छ । टिमतर्फ टेस्ट, ओडिआई र टि२० आईमा भारत शीर्ष स्थानमा छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.