default_image

9 months ago

December 6, 2023

पाकिस्तानका कप्तान मसुदको अष्ट्रेलियामा उत्कृष्ट शतक

3211 views

0 Bookmark

एजेन्सी – पाकिस्तान कप्तान शन मसूदले वार्मअप खेलमा प्राइभ मिनिस्टर–११ विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । क्यानबेरामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले पहिलो दिनको समाप्तिमा ३२४–६ को अवस्थामा छ ।

पहिलो पटक पाकिस्तानको कप्तानी गरेका उनी २ सय ३५ बलमा १३ चौका र १ छक्कासहित १ सय ५६ रनमा क्रिजमा छन् । पूर्व कप्तान बाबर आजम ८८ बलमा ५ चौकासहित ४०, साउद सकिल १३, शरफराज खान ४१, फहिम अशरफ १७ र अब्दूल्लाह शफिक ३८ रनमा आउट भए ।

प्राइम मिनिस्टर-११ का जोर्डन बर्किंघमले सर्वाधिक तीन विकेट लिएका छन् । पाकिस्तान तीन टेस्ट खेलको सिरिजको लागि अष्ट्रेलिया भ्रमण गरेको हो । पहिलो टेस्ट १४ र दोस्रो टेस्ट २६ डिसेम्बरमा सुरु हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम टेस्ट खेल ३ जनवरी देखी सुरु हुनेछ ।

अघिल्लो महिना एकदिवसीय विश्वकपमा कमजोर प्रदर्शनपछि बाबरले तीनै संरचना कप्तानबाट राजीनामा दिएका थिए । टि२० आईमा शाहिन शाह अफ्रिदी र टेस्टमा मसूदलाई कप्तानी जिम्मेवारी दिएको थियो । ओडिआईको कप्तान भने घोषणा गरेको छैन ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.