1 year ago
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू-१९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच क्यानले विदाई गरेको हो । विदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थिति थियो ।
‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि अनुभव हो । नेपालको सिनियर टोलीको बेन्च स्ट्रेन्थको रुपमा सधैं यू१९ रहँदै आएको छ । यो रेकर्ड बनाउने अवसर पनि हो । हरेक खेलमा शून्यबाट सुरु गर्नुपर्छ । यू१९ टोलीले नेपाली क्रिकेटमा सबैभन्दा बढी इतिहास रचेको छ’, पारस खड्काले बिदाईमा भने ।
कप्तान देव खनालले तयारी राम्रो भएको बताए । ‘तयारी सबै राम्रो भयो । सिनियरले जस्तै राम्रो गर्दै मोमेन्ट्सलाई निरन्तरता दिने छौं । पछिल्ला दुई प्रतियोगिता विश्वकप छनोट र यू१९ प्रिमियर कपमा जस्तै प्रदर्शन गरेर फर्किने छौं’, देवले भने ।
मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताए । ‘दुई हप्ता भन्दा बढी समय देखी मिहिनेत गरेका छौं । हरेक दिन ७ घन्टा मैदनमा बिताएका छौं । भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न उत्साहित छौं । यसअघि पनि टेस्ट टोलीलाई हराएका छौं’, टमाटाले भने ।
खेलकुद मन्त्री लिम्बुले यू१९ टोलीको पुरस्कार रकम चाँडैनै आउने बताए । ‘यू१९ एसिया कप खेल्ने टोलीलाई शुभकामना । पुरस्कार रकम तपाईंहरुको दुई तीन दिन भित्रमा आउनेछ । उच्च मनोबलका साथ खेल्नु । मैले तपाईहरुको क्रिकेट खेल हेरेको पनि छु’, उनले भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलकुद मन्त्रालय र सरकारले राम्रोसँग ध्यान दिए यू१९ र सिनियर टोली दुबैले झनै राम्रो गर्न सक्ने बताए । नेपालबाट ओडिआई मान्यता खेल खेलाई सकेका अम्पायर सञ्जय गुरुङ पनि यू१९ एसिया कपमा अम्पायरिङ गर्न जानेछन् ।
मंसिर २२ देखी पुष १ सम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएईछन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
नेपालको यू१९ एसिया कप २०२३ खेल्ने टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
मुख्य प्रशिक्षक – जगत टमाटा
टिम म्यानेजर – बिरेन्द्रबहादुर चन्द
फिजियो – पुरन तिरुवा
सहायक प्रशिक्षक – धिरेन्द्र चन्द
एनालिष्ट – रवि थापा
अम्पायर – सन्जय गुरुङ
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]