11 months ago
December 4, 2023
एजेन्सी – कप्तान शाई होपको सानदार शतकमा घरेलु टोली वेस्टइन्डिजले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । योसँगै तीन खेलको ओडिआईमा वेस्टइन्डिजले १–० को अग्रता लिएको छ ।
जितको लागि ३ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा शाई होपले ८३ बलमा ४ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनमा अविजित इनिङ खेले ।
अन्तिम १२ बलमा जितको लागि १९ रन चाहिँदा होपले साम करणलाई तीन छक्का हान्दै एक ओभर अघिनै खेल जिताएका थिए ।
ओपनर एलिक एथानाजे ६५ बलमा ९ चौका र २ छक्कासहित ६६, ब्रेन्डन किंग ३५, केसी कार्टी १६, शिम्रन हेटमायर ३२ र शेर्फान रदरफोर्ड ६ रनमा आउट भए । रोमारियो शेफर्ड २८ बलमा ४ चौका र ३ छक्कासहित ४९ रनमा आउट भए ।
इंग्ल्यान्डका रेहान अहमद र गुस एट्किन्सनले समान दुई विकेट लिए । साम करनले ९.५ ओभरमा ९८ रन खर्चिदा विकेट लिन सकेनन् । लियाम लिभिङस्टोन र बायडन केसले एक एक विकेट लिए ।
त्यसअघि एन्टिगुवामा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ५० ओभरमा ३ सय २५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ह्यारी ब्रुकले ७२ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको योगदान दिएका थिए ।
ओपनर फिलिप साल्ट ४५, विल ज्याक्स २६, ज्याक क्रली ४८, बेन डकेट २०, जस बटलर ३, लियाम लिभिङस्टोन १७, साम करन ३८ र रेहान अहमद १२ रनमा आउट भए ।
बायडन केस २१ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे । वेस्टइन्डिजका रोमारियो शेफर्ड, गुडाकेश मोती र ओशान थोमसले समान दुई विकेट लिए । दोस्रो खेल बुधबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]