default_image

1 year ago

December 3, 2023

कृष्ण र बसिरको उत्कृष्ट प्रदर्शनमा लिटल फ्लावरको विजयी सुरुवात

497 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा १ सय ३५ रन बनायो। लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले टीमका लागि सर्वाधिक ६५ रनको योगदान गरे।

बसिर अहमदले ३० रन योगदान दिंदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमाञ्चल एकेडेमीका बिरेन्द्र चन्द र प्रकाश जैसीले ३र३ विकेट लिंदा खगेन्द्र कुँवरले २ विकेट लिए।

एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। आशिष लुहारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लिटल फ्लावरको बलिंगमा बिपिन खत्रीले ३ तथा बसिर अहमद, कौशल रुपाखेती र सचिन भट्टले २-२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका कृष्ण कार्की घोषित भए। प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एलपीएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरु धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।

खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरे।

आयोजक क्लबका अध्यक्ष रामचन्द शाहीले मोसफलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पु¥याउँदै आएको उनले बताए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.