default_image

9 months ago

December 1, 2023

भारतलाई एक खेल अगावै अष्ट्रेलियासँगको सिरिज उपाधि

5166 views

0 Bookmark

एजेन्सी – भारतले चौथो टि२० आई खेलमा अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । पाँच खेलको सिरिजमा भारत ३-१ ले अघि हुँदै खेल खेल अगावै सिरिज जितेको हो ।

जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । अष्ट्रेलियाका कप्तान म्याथ्यु वेड २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा नट आउट रहे ।

अष्ट्रेलियालाई ओपनर ट्रविस हेडले १६ बलमा ५ चौका र १ छक्कासहित ३१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । हेड बाहेक अन्य कुनैपनि ब्याटरले आक्रामक ब्याटिङ गर्न सकेनन् । जोश फिलिपे ८, बेन म्याकमरमोट र टिम डेविड १९(१९ रनमा आउट भए । म्याथ्यस सर्ट १९ बलमा २ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

भारतका स्पिनर अक्षर पटेलले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । दीपक चाहरले ४ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । रवि विश्रोई र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि रैपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । भारतको जितमा रिंकु सिंहले २९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । जितेश शर्माले १९ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।

भारतलाई ओपनर यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ६ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । जैसवाल २८ बलमा ६ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । ऋतुराज २८ बलमा ३ चौका र १ छक्कासहित ३२, श्रेयस ऐर ८, सूर्यकुमार यादव १, अक्षर पटेल शून्य र दीपक चाहर दुबै शून्यमा आउट भए ।

अष्ट्रेलियाका तीव्र गतिका बलर बेन ड्वाशिुसले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । जेसन बेहरनडोर्फले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । तनवीर संघाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । अष्ट्रेलिया तेस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.