default_image

11 months ago

December 1, 2023

बागमती प्रदेश छनोट : काठमाडौं र ललितपुरले विजयी सुरुवात

317 views

0 Bookmark

सुशिल पन्त क्षेत्री चितवन

बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेका छन् । भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई ९४ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

जितको लागि १ सय ३७ रनको बलियो लक्ष्य पछ्याएको भक्तपुर १४.५ ओभरमा ४२ रनमा अल आउट भयो । भक्तपुरका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

श्रीजा घिमिरे ८, एलिशा खड्का ७ तथा पूजा साउद् ३ रना आउट भईन् । भक्तपुरलाई सस्तैमा समेट्ने क्रममा खुशी डंगोल, बिपाशा शाही र यसोदा बिष्टले समान २–२ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ३६ रन बनाएको थियो । काठमाडौंकी अस्मिता खरेलले सर्वाधिक २८ रन बनाईन् । यस्तै कञ्चन श्रेष्ठले २६ तथा यसोदा बिष्टले २० रन बनाईन् । भक्तपुरकी सोइछ्या खड्का र अनुशा रोकाले समान १-१ विकेट हात पारिन् । २० रन र २ विकेट लिएकी यसोदा प्लेयर अफ दि म्याच भईन् ।

यसोदा

दोस्रो खेलमा ललितपुरले चितवनलाई १ विकेटले हरायो । चितवनले दिएको ८३ रनको लक्ष्य ललितपुरले ८ बल बाँकी हुँदा ९ विकेट गुमाएर भेट्टायो । ललितपुरका लागि सानिया गिरीले ९, मनिषा उपाध्यायले ७ तथा यशु पाण्डेले ४ रन बनाईन् । चितवनकी सन्ध्या थापा र सबिता बिकले २(२ विकेट हात पारिन् ।

त्यस अघि पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेटको नोक्सानीमा ८२ रन बनाएको थियो । चितवनका लागि सलिना सिलवालले सर्वाधिक ३१ रन बनाईन् । हेलिशा गुरुङले १८ तथा अनिशा मजाकोटीले ५ रन बनाईन् । ललिपुरकी मनिषा उपाध्याय एक्लैले ४ विकेट लिईन् । मनिषा नै प्लेयर अफ दि म्याच भईन् । उनले खेलमा ह्याट्रिक गरेकी थिइन् ।

बागमती प्रदेश खेलकुद परिषद् र नेपाल क्रिकेट संघ बागमती प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा चार टोली सहभागी छन् ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.